अवरुद्ध सडक खुलाउन स्थलगत अनुगमन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अवरुद्ध सडक खुलाउन स्थलगत अनुगमन

कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक खण्ड अविरल वर्षाका कारण डेढमहिना देखी अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन हुन सकेको छैन ।

 सडक अवरुद्ध भएपछि उपभोग्य वस्तु, खाद्यान्न, औषद्यी, खान पकाउने ग्यास, निर्माण सामाग्री लगायत अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघका अध्यक्ष, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख सहित १५ जनाको टोलीले सडकको १३ किलोमिटर क्षेत्र स्थलगत अनुगमन गरेका छन् ।

प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख, ठेकेदार, कामदार, डोजर सञ्चालकलगायत सम्बन्धित सबैलाई तत्काल सडक खुलाउन निर्देशन दिएका छन् । उनले सडकको अवस्था राम्रो हुँदै आएकोले १÷२ दिनमा यातायत सञ्चालन हुनेमा ढुक्क रहन जिल्लावासीलाई आग्रह गरेकाछन् ।

काम तीब्र गतिमा भएकोले पाँच दिन भित्र सवारी साधन सहजरुपमा आवत जावत हुने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया