मिथिलाञ्चल क्षेत्रमा चौठचन्द मनार्इदै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मिथिलाञ्चल क्षेत्रमा चौठचन्द मनार्इदै

मिथिलाञ्चल क्षेत्रमा अाज चौरचन(चौठचन्द) पर्व मनार्इदैं छ । पर्वकै लागि सामग्री खरिद गर्नेहरुको बजारमा बाक्लो चलहपहल  छ । आज तिज र चौठचन्द पर्व एकै दिन परेकाले समेत बजारमा अपेक्षा भन्दा बढी चहलपहल देखिएको हो ।

चन्द दोष नलागोस भनेर चन्द्रमालाई अर्घ दिएर मनाईने यो पर्व मिथिलाञ्चल क्षेत्रका बासिन्दाहरु बस्दै आएका स्थानहरुमा मनाउँदै आईएको छ । यस पर्वमा चन्द्रमालाई खाली हात हेरे दोष लाग्ने किंवदन्ती रहेकोले विभिन्न फलफुल, मिठाई तथा अन्य खाद्य सामग्रीले अर्घ दिँदै दर्शन गरिन्छ ।

जलेश्वर नगरपालिका वडा नं. २ की निर्मला भण्डारीले चौठचन्दको दिन चन्द्रदेवलाई खाली हातले हेरे दोष लाग्ने भएकोले फलफुल, दही, लगायतका अर्घ सामग्री लिई दर्शन गर्ने गरिएको बताईन । उनले अर्घ सहित चन्द्र दर्शन गर्दा दोष मुक्त हुनुका साथै परिवारमा सुख र समृद्धी आउने बताईन ।

दुधको खिर र दहीको विशेष महत्व हुने यस पर्वमा विभिन्न पाँच प्रकारका फलफुल अर्घको सामग्रीमा समावेश गरिएकै हुन्छ । यता चन्द्रदेवलाई अर्घ दिन बनाईने पिरुकिया (मैदा, सुजी, चिनीले बनाईने गुलियो परिकार) र दालको पुरी तथा सादा पुरीको लागि प्राय घरमै पिसिएको शुद्ध र सफा पिठो तथा सामग्रीरु प्रयोग गरिन्छ ।

भाद्र शुक्ल चतुर्थीको दिन मनाईने यो पर्वले परिवारको सदस्यहरुलाई संयुक्तरुपमा रहन समेत प्रेरित गर्छ । मिथिलावासीहरुको उपस्थिति भएको हरेक क्षेत्र र स्थानमा यो पर्व वडो हर्षोल्लासका साथ मनाईदै आएको छ ।

चौठचन्दमा अर्घको लागि डालीमा फल, सोहारी (सादा पुरी), पिरुकिया, दही, खिर, दालको पुरी, मिठाई (मैदाले बनाइएको परिकार खाजा) राखिन्छ । त्यसतै आँगन वा छतमै पुजा गर्ने स्थललाई स्वच्छ, सफा र माटोले लिपेर चामलको पिठोमा पानी हालेर बनाईएको घोलले अरिपन बनाईन्छ । अरिपनमा डाला, दही लगायतको सामग्री राख्ने स्थान कोरिन्छ भने चन्द्रको स्वरुप समेत राखेर आकर्षक बनाईन्छ । अर्घदिने सामग्रीहरु सबै अरिपनको भित्रै राखिन्छ भने खिर र पुरी पातमाथी राखिन्छ ।

तपाईको प्रतिक्रिया