रौतहटमा दिदीबहिनीमाथि एसिड प्रहार - Naya Patrika
eNaya Patrika
  • ePaper

रौतहटमा दिदीबहिनीमाथि एसिड प्रहार

रौतहटको चन्द्रपुर नगरपालिका, ६ घर भएकी १८ वर्षीय सम्झना दास र उनकी बहनी १५ वर्षीय सुस्मितामाथि एसिड प्रहार भएको छ । गएराति सुतिरहेकी उनीहरुलाई एसिड प्रहार भएको हो ।

राति १ बजे उनीलाई एसिड प्रहार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिए । एसिड कसले र किन प्रहार गरेको हो भन्ने अनुसन्धान भइरहेको उनले बताए ।

एसिड प्रहारबाट घाइते दिदीबहिनीको काठमाडौंस्थित टेकुमा रहेको अस्पतालमा उपचार भइरहेको डिएसपी खड्काले बताएका छन् ।

तपाईको प्रतिक्रिया