निर्मला हत्या छानबिन समितिमा फर्किए उपसचिव केसी - Naya Patrika
eNaya Patrika
  • ePaper

निर्मला हत्या छानबिन समितिमा फर्किए उपसचिव केसी

निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट केही दिन अगाडि राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी समितिमा फर्केका छन् ।

समितिमा प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य रहेका केसीले आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फिर्ता जाने जनाएका हुन् ।

थप गरिएको बाँकी समयमा निष्पक्ष छानबिनमा सहयोग गर्न फर्केको जनाएका छन् । केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

छानबिन समितिको म्याद थप लगायतका विषयमा विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ । आज गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको अनुसन्धानमा फर्केको उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया