धो उपत्यकामा प्रहरी चौकी बन्ने - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

धो उपत्यकामा प्रहरी चौकी बन्ने

उपल्लो डोल्पाको धो उपत्यकामा अत्याधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ । सदरमुकाम दुनै देखि तीन दिन लाग्ने धो उपत्यकामा पहिलो पटक प्रदेश सरकारको २ करोड लगानीमा अत्याधुनिक प्रहरी चौकी बन्ने भएको हो ।

‘धो मा सुविधा सम्पन्न इलाका स्तरीय प्रहरी चौकी निर्माण हुँदै छ, त्यसका लागि प्रदेश सरकारले दुई करोड रुपैंया बिनियोजन गरिसकेको छ ।’ कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने, ‘डोल्पो बुद्ध गाँउपालिकामा पर्ने धो मा चौकी निर्माण पछि त्यहाँका जनतालाई बाह्रै महिना सुरक्षाको प्रत्याभुति हुनेछ, निर्माणगर्दै जाँदा रकम नपुग भएपनि कर्णाली सरकाले व्यवस्था गर्छ ।’ बिशेष गरेर उक्त चौकीले चिनसँग जोडिएको मोरिम्ला–क्याटो नाकाको सुरक्षा पोष्टको रुपमा काम गर्ने उनको भनाई छ ।

चौकी निर्माण पछि भारी हिमपातमा पनि तातो महशुस हुने र चौकी भित्रै भरपर्दो सञ्चार सुविधा जडान हुने बताईएको छ । मन्त्री भण्डारीले चौकी निर्माणहुने भनिएको भुगोलको निरिक्षण समेत गरिसकेका छन् ।
समुद्री सतहदेखि ४२ सय मीटर उचाईमा पर्ने धो मा चौकी निर्माणहुने भएपछि उपल्लो डोल्पाको सुरक्षा अवस्था मजबुत हुने स्थानीय बताउँछन् । प्रत्येक वर्ष चोरी, लुटपाटका कारण उपल्लो डोल्पा अशान्त बन्दै आएपनि चौकी निर्माण हुने भएपछि उपल्लो डोल्पाली खुशी छन् ।

अहिले उपल्लो डोल्पामा ६ वटा प्रहरी चौकी छन् । जसमा ४ वटा अस्थायी र २ वटा स्थायी चौकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । स्थायी चौक भने बाह्रै महिना उपल्लो डोल्पामा रहन्छन् । अस्थायी चौकी भने सिजनल भएकाले हिँउ पर्दा तल्लो डोल्पामा रहेको जिल्ला प्रहरी कार्यालयमा गाभिने गर्दछन् ।

तपाईको प्रतिक्रिया