अन्नपुर्ण पदमार्गमा पर्यटक आगमनमा वृद्धि - Naya Patrika
eNaya Patrika
  • ePaper

अन्नपुर्ण पदमार्गमा पर्यटक आगमनमा वृद्धि

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमनमा वृद्धि भएकाे छ । पदयात्राका लागि मौसम अनुकुल भए पछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेकाे  हो ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) अन्तर्गतको टिम्स पर्यटक जाँच केन्द्रका  अनुसार सेप्टेम्बर सुरु भएसँगै ६ सय ६० पर्यटकले पदमार्गको यात्रा गरेका छन् ।

लमजुङ हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको सङ्ख्या दैनिक एक देखि दुई सय रहेको छ । तर  प्रमुख सिजनमा  दैनिक करीब तीन सय ५० जना पर्यटकले याे पदमार्गकाे यात्रा  गर्दछन् ।

मनाङका हरिया घाँसे मैदान र फापर, उवा फुलेको  दृश्यले पर्यटकहरूलाई लोभ्याउने गरेको अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए ।

एक्यापका अनुसार अन्नपूर्ण पदमार्गमा बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलिया लगायतका देशबाट पर्यटक पदयात्राका  लागि  अाउँछन् ।

तपाईको प्रतिक्रिया