एनआइसी एसिया बैंकको दुई नयाँ कर्जा योजना - Naya Patrika
eNaya Patrika
  • ePaper

एनआइसी एसिया बैंकको दुई नयाँ कर्जा योजना

एनआइसी एसिया बैंकले दुई नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ‘एनआइसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्, आफ्नो सपना साकार’ भन्ने नाराका साथ ‘चामत्कारिक सवारी कर्जा’ र ‘चामत्कारिक घरजग्गा कर्जा’ योजना सार्वजनिक गरेको हो ।

सवारी कर्जा

सवारी कर्जा योजना नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहनेले लाभ उठाउन सक्ने बैंकले जनाएको छ । यो कर्जा तुरुन्तै स्वीकृति हुनेछ । त्यस्तै कर्जाको अधिकतम १५ वर्षसम्मको भुक्तानी अवधि हुनेछ । सवारीको मूल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम सुरु हुने बैंकले जनाएको छ ।त्यस्तै आंशिक अथवा पूर्ण रूपमा विनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने यो कर्जाको मासिक ब्याजदर ०.९ प्रतिशत तोकिएको छ । यो कर्जा लिँदा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने बैंकले जनाएको छ । 

घरजग्गा कर्जा

बैंकले आफ्नो आम्दानीअनुसार आफैँ मासिक किस्ता निर्धारण गर्न सकिने गरी चामत्कारिक घरजग्गा कर्जा ल्याएको हो । उक्त कर्जाको भुक्तानी अवधि अधिकतम ५० वर्षसम्म रहेको जनाइएको छ । उक्त कर्जा लिएपछि आंशिक अथवा पूर्ण रूपमा विनाकुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने उक्त कर्जाको प्रशासनिक सेवा शुल्कमा विशेष छुटका साथै मासिक ब्याजदर ०.९ प्रतिशत रहेको बैंकले जनाएको छ । उक्त कर्जामा आधारदरमा भएको परिवर्तनअनुसार मात्र ब्याजदर परिमार्जन हुनेछ । घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया