सरिता बनिन् मिसेज डिभा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सरिता बनिन् मिसेज डिभा

नेपालगन्जमा पहिलो मिसेज डिभा इन्टरनेसनल र किड्स अफ द इयर २०१८ सम्पन्न भएको छ । प्रतियोगितामा नेपालगन्जकी सरिता शर्मा मिसेज डिभा इन्टरनेसनल बनेकी छिन् ।

पूजा गुप्ताले दोस्रो हुँदै बेस्ट वाकको पुरस्कार जित्न सफल भइन् । संगीता आरसीे तेस्रो स्थानमा परिन् । आयोजकका तर्फबाट राज फैजु, श्रीषा वैदार फैजु र हेमराज सन्तोष खनालले विजेतालाई ताज पहिर्‍याएका थिए ।

त्यसैगरी, किड्स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड्काले उपाधि जिते । अभिनव शर्मा दोस्रो स्थानमा परे भने तेस्रो स्थानमा कुशाग्र गुप्ता परेका छन् ।

गल्र्सतर्फ सञ्चिता राना मगरले उपाधि हात पारिन् । प्रतियोगितामा उषा घिमिरे दोस्रो भइन् भने सोनिया साउद तेस्रो स्थानमा परिन् । नेपालगन्जमा यस खालको प्रतियोगिता आयोजना पहिलोपटक भएको आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया