कोहीले भन्छनमा अभिनेत्री प्रियंका - Naya Patrika
eNaya Patrika
  • ePaper

कोहीले भन्छनमा अभिनेत्री प्रियंका

 ‘कोहीले भन्छन् मलाई माया गरूँ’ भन्दै अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएकी छिन् । फिल्मसँगै म्युजिक भिडियोमा देखिने अभिनेत्री प्रियंका अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । श्रमिक बरालले लेखेका शब्दमा गायिका मेलिना राईले आवाज दिएकी हुन् ।

वसन्त सापकोटाले संगीत भरेको गीत लुम्बिनीमा छायांकन गरिएको हो । म्युजिक भिडियो सुदीप बरालले छायांकन गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने गीतको एरेन्ज उदयराज पौडेलको हो ।

तपाईको प्रतिक्रिया