भारतमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

भारतमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु घाइते भएको प्रहरीले जनाएको छ ।

खचाखच भरिएको राज्य सञ्चालित बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु रहेको प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै गर्दा दुर्घटना भएकाे हाे ।

तपाईको प्रतिक्रिया