योङ देखिन नियमित एक्सरसाइज - Naya Patrika
eNaya Patrika
  • ePaper

योङ देखिन नियमित एक्सरसाइज

नियमित एक्सरसाइजले हामीलाई स्वस्थ मात्र नभएर योङसमेत देखाउँछ । शरीरको तौल घटाउन वा बढाउन आवश्यकताअनुसार एक्सरसाइज गर्न सकिन्छ । त्यस्तै, एक्सरसाइज कसरी गर्ने भन्ने पनि आफ्नै रोजाइमा भर पर्छ । जिम, जुम्बा, एरोबिक आफ्नो इच्छाअनुसार गर्न सकिन्छ ।

जुम्बा पनि एक्सरसाइज गर्ने एउटा सजिलो र रमाइलो माध्यम हो । यो गीतमा नाचेर, रमाउँदै गर्न सकिने र बालबालिकादेखि वृद्घसम्मले गर्न सक्ने एक्सरसाइज हो । अहिले जुम्बा प्रभावकारी र लोकप्रिय एक्सरसाइज बन्दै गएको छ ।

यो पाँच स्टेपमा गर्नुपर्छ
वार्मअप स्ट्रेचिङ : सुरुमा शरीरलाई तताउनका लागि गरिने एक्सरसाइज हो । यो १५
मिनेट गर्नुपर्छ ।

कार्डियो : यो एक्सरसाइज अलि धेरै समयसम्म गर्नुपर्छ । कम्तीमा ३० मिनेट गर्दा राम्रो हुन्छ ।

पोस्ट कार्डियो : यो एक्सरसाइज तीन मिनेट गर्नुपर्छ ।

मसल्स कन्डिसनिङ : यो एक्सरसाइज स्ट्रेन्थ बढाउनका लागि गरिन्छ ।

कुल डाउन : यो एक्सरसाइज सकिने वेला गर्ने हो । कुल डाउन गर्दै एक्सरसाइज अन्त्य गर्नुपर्छ । यो अन्तिम पाँच मिनेट गर्दा राम्रो हुन्छ ।

यसरी जुम्बाका माध्यमबाट शरीरलाई सेप दिन सकिन्छ । अन्य एक्सरसाइजको तुलनामा यसबाट अलि ढिलो रिजल्ट आउँछ । तौल घटाउनका लागि जुम्बा गरेर मात्र हुँदैन । हामीले खाने दैनिक भोजनमा ध्यान दिन जरुरी छ । मुख्य भनेको खानामा ब्यालेन्स नै हो । जस्तो हामीले बे्रकफास्ट लिँदा हेभी लिन सकिन्छ । त्यसपछि अलि लाइट र डिनर एकदमै लाइट लिनुपर्छ ।

तपाईको प्रतिक्रिया