चलेका हेयर स्टाइल - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

चलेका हेयर स्टाइल

महिलाको तुलनामा पुरुषको हेयर स्टाइल निकै कम हुन्छ । अर्थात्, पुरुषको कपाललाई थोरै मात्र स्टाइल दिन सकिन्छ । विशेषगरी, पुरुषको हेयर स्टाइल निम्न चार प्रकारका हुने गरेको छ, जुन अहिले निकै चलेका छन् :

अन्डरकट : यो स्टाइलमा बीचको कपाल लामो, साइड र पछाडिको कपाल छोटो हुन्छ । यो नेपाली युवापुस्तामाझ मात्र नभएर विश्वकै युवापुस्तामाझ लोकप्रिय स्टाइल हो । यो स्टाइल विगत दुई वर्षदेखि लोकप्रिय छ ।

स्पाइक : यो स्टाइल अफिसियल व्यक्तित्वका लागि चर्चित स्टाइल हो । यो साइडको अगाडिको कपाल दुई इन्च र पछाडि र साइडको कपाल एक वा हाफ इन्च लामो हुन्छ । यो स्टाइलको कपालको
केयर गर्न पनि सहज हुन्छ ।

ब्याक ब्रस : यो अफिसियल डिसेन्ट व्यक्तित्वको रोजाइको हेयर स्टाइल हो । पेसागत हेयर कट गर्न रुचाउनेहरूका लागि यो कट लोकप्रिय भएको छ । यो स्टाइलमा अगाडिको कपाल अलिकति लामो हुन्छ, कान क्लियर हुन्छ । जेल लगाएर अगाडिको कपाल पछाडि लाने स्टाइल हो । यो कर्पोरेट लेभलका व्यक्तित्वहरूमा चर्चित छ ।

मग : यो फेसनेबल युवामाझ चर्चित स्टाइल हो । अत्यधिक एक्सपेरिमेन्ट गर्न रुचाउने उमेर समूहमा यो स्टाइल लोकप्रिय छ । यो अगाडिदेखि पछडिसम्म बीचको चार इन्च भागको कपाल लामो हुन्छ । साइडको कपाल छोटो हुन्छ । युवापुस्तामाझ अत्यधिक लोकप्रिय स्टाइल हो ।

तपाईको प्रतिक्रिया