लभ स्टेसनमा प्रदीप र जसिता - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

लभ स्टेसनमा प्रदीप र जसिता

वडा नम्बर ६ पछि उज्वल घिमिरेले फिल्म निर्देशन गरेका थिएनन् । अब उनी एक्सन कटमा फर्किने पक्का भएको छ । घिमिरेले गोविन्द शाहीको निर्माणमा लभ स्टेसन नामक फिल्म निर्देशन गर्ने पक्का भएको छ । फिल्मबारे सोमबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरी जानकारी दिइयो ।

पारिवारिक प्रेमकथामा बन्ने फिल्मको सुटिङ असोज पहिलो सातादेखि सिक्कममा सुरु गरिनेछ । अधिकांश दृश्य सिक्किम, दार्जिलिङ, सिलगुडी आसपासमै खिचिने फिल्ममा शम्भुजित बास्कोटा, दीपक शर्मालगायतको संगीत रहनेछ ।

केही समयअघि नै नाम घोषणा गरिएको फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको जोडी दोहोरिएको छ । प्रदीप र जसिताले यसअघि लिलीबिली फिल्ममा सँगै अभिनय गरेका थिए । निर्माता गोविन्दले कथाको मागका कारण प्रदीप र जसिताको जोडी दोहोरिएको बताए ।

अभिनेता प्रदीपले फिल्म भरपुर मनोरञ्जक हुने विश्वास व्यक्त गरे । त्यसैगरी, जसिताले पनि आफू यो फिल्मप्रति निकै उत्साहित भएको बताइन् । आलोक शुक्लले खिच्ने फिल्ममा प्रदीप र जसितासँगै निरुता सिंह, श्रद्धा क्षेत्री, प्रकाश शाहलगायत कलाकारले अभिनय गर्नेछन् । काफिया फिल्म्सका लागि काफिया र कविरविक्रम शाही निर्माता रहेको फिल्मको कथा निर्देशक घिमिरे स्वयंले लेखेका हुन् । फिल्मको प्रदर्शन मिति फागुन २४ गतेलाई तोकिएको छ ।

तपाईको प्रतिक्रिया