छक्का पन्जाको पछि उमेर ढल्कन्छ - Naya Patrika
eNaya Patrika
  • ePaper

छक्का पन्जाको पछि उमेर ढल्कन्छ

दशैँमा प्रदर्शन हुने छक्का पन्जा ३ मा समावेश पछि उमेर ढल्कन्छ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । केही साताअघि पहिलो गीत पहिलो नम्बरमा सार्वजनिक गरेको छक्का पन्जा युनिटले हालै सो गीतको करोड भ्युको केक काटेको थियो ।

पछि उमेर ढल्कन्छ निशान भट्टराई र एन्जिला रेग्मीले गाएका हुन् । अर्जुन पोखरेल र दीपकराज गिरीले लेखेको गीतमा अर्जुनको संगीत छ । सिजी शाश्वत धाममा समेत खिचिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ र दीपिका प्रसार्इंलाई प्रस्तुत गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तिमा खड्कालगायतले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया