ए डिभिजन क्लबलाई महानगरको सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

ए डिभिजन क्लबलाई महानगरको सहयोग

काठमाडौं महानगरपालिकाले असोजमा हुने ए डिभिजन लिग फुटबल प्रतियोगितामा आर्थिक सहयोग गर्ने भएको छ । महानगरभित्रका ६ ए डिभिजन क्लबलाई जनही ९ लाख ३० हजार रुपैयाँबराबरको आर्थिक सहयोग महानगरपालिकाले उपलब्ध गराउने सम्झौता सोमबार एक कार्यक्रमबीच भएको छ । सम्झौताअनुसार काठमाडौंका ६ क्लबले ए डिभिजन लिगमा महानगरपालिकाको लोगो अंकित जर्सी लगाउनुपर्नेछ ।

५ लाख नगद
महानगरपालिकाले उपलब्ध गराएको सहयोगमा ए डिभिजन खेल्ने प्रत्येक क्लबलाई ५ लाख नगद र ४ लाख ३० हजारबराबरको खेल सामग्री रहेको छ । मेयर विद्यासुन्दर शाक्यले खेलको दिगोपन, खेलाडीको मनोबल उच्च राख्न र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उद्देश्यका साथ महानगरपालिकाले सहयोग गरेको जानकारी दिए ।

भविष्यमा बढ्ने
मेयर शाक्यले पहिलो चरणमा सानो रकम सहयोग गरेको भए पनि भविष्यमा थप गर्दै जाने प्रतिबद्धता जनाए । महानगरपालिकाले क्लब संकटा, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र क्लब, मनाङ मस्र्यांदी, सरस्वती युवा र हिमालयन शेर्पालाई सहयोग गरेको हो । ए डिभिजन लिग १३ असोजदेखि काठमाडौंमा हुँदै छ ।

तपाईको प्रतिक्रिया