पैदलयात्रीले थाहा पाउनुपर्ने ट्राफिक नियम - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पैदलयात्रीले थाहा पाउनुपर्ने ट्राफिक नियम

१‍‍‍‍.जथाभावी हिँड्दा सवारीसाधन र ट्राफिक दुवैलाई असर पर्छ । स्वयं पैदलयात्रीलाई पनि गाडीले ठक्कर दिने समस्या हुन्छ । त्यसैले पैदलयात्रीहरू फुटपाथबाट हिँड्नुपर्छ । फुटपाथ नभएको ठाउँमा छेउ लागेर हिँड्नुपर्छ, नत्र तपाईं कारबाहीमा पर्नुहुन्छ ।


२.अकाशेपुल भएको ठाउँमा पनि यात्रुहरू पुलमुनिबाटै हिँड्छन् । आकाशेपुल भएको ठाउँमा पुलमाथिबाटै बाटो काट्नुपर्छ । नत्र कारबाहीमा परिन्छ ।

३.यात्रुहरूले सधैँ जेब्राक्रसिङ चिह्न भएको ठाउँबाटै बाटो काट्नुपर्छ । बाटोको छेउमा जेब्राक्रसिङ चिह्न भए पनि अर्कै बाटोबाट बाटो कोटोको पाइएमा पनि कारबाही हुन्छ ।

४.तोकिएको बाटोबाट मात्रै पैदलयात्रु हिँड्नुपर्ने हुन्छ । नत्र, कारबाही हुन्छ ।

तपाईको प्रतिक्रिया