कान्जिरोवामा छन्द कविता वाचन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

कान्जिरोवामा छन्द कविता वाचन

कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलमा उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय छन्द कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं गत वर्षका मदन पुरस्कार विजेता घनश्याम कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपत्यकाका २० विद्यालय सहभागी थिए ।


स्थापित कुनै एक स्रष्टाको छन्दोबद्ध कविता वाचन गर्नुपर्ने प्रतियोगिताका भाषाविद् एवं साहित्यकार डा. ‘गाउँले’ बलदेव अधिकारी, छन्दकवि रमेश शुभेच्छु तथा कवि प्रभा भट्टराई निर्णायक थिए ।

कविता वाचनमा रत्नराज्य माविकी ऋचा कँडेल प्रथम, मोक्षदा स्कुलकी तारा लामा द्वितीय, भक्तपुर निस्ट स्कुलकी अदिती तिमल्सिना तृतीय तथा रातो बंगला स्कुलका अंकुर गुरागाईंले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजयी प्रतियोगीलाई प्रमुख अतिथि कँडेल, संस्थाका कार्यकारी निर्देशक महेन्द्र खनाल तथा प्रधानाध्यापक रञ्जित थापाले संयुक्त रूपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख अतिथि प्रा. घनश्याम कँडेलले छन्द संरक्षणका लागि कान्जिरोवाले छन्द कवितामार्फत चलाएको अभियानको प्रशंसा गर्दै विजयी प्रतियोगीलाई बधाई दिए ।

 

तपाईको प्रतिक्रिया