विद्यार्थी आफैँले छान्नुपर्छ कलेज र विषय - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विद्यार्थी आफैँले छान्नुपर्छ कलेज र विषय

कक्षा १२ पछि विद्यार्थी आफूले चाहेअनुसारको विषय छान्ने हो । कोही व्यक्ति कक्षा ११ र १२ मा साइन्स नपढी इन्जिनियरीङ र एमबिबिएस पढ्न खोज्यो भने हाम्रो नियमले त्यसलाई रोक लगाएको छ । ११ र १२ कक्षा पढेको आधारमा कुन विषयमा जाने भन्ने निर्णय स्वयं विद्यार्थी आफैँले लिने हो । सोही आधारमा विषय छनोट गर्नुपर्छ ।

उच्च शिक्षा भनेको कक्षा ११ र १२ अध्ययन गरेकोजस्तो हुँदैन । यो एउटा रोजगारीको ग्यारेन्टी गर्ने पेसा पनि हो । विद्यार्थीले आफू उद्यमी व्यवसायी बन्ने र अर्को रोजगार बन्न सक्ने विषय छान्नुपर्छ । विद्यार्थीको चाहना, रुचि र कुन विषय पढ्न सकिन्छ, सोही आधारमा आफ्नो धारणा तय गर्नु बुद्धिमानी हुन्छ । कुनै पनि विषय आफैँमा नराम्रो भन्ने हुँदैन । क्षमतावान् भएको खण्डमा जे विषय पढे पनि उसले रोजगारी पाउन सक्छ, तर कमजोर विद्यार्थी डाक्टर, इन्जिनियर जे भए पनि जागिर पाउन सक्दैन । त्यसैले बजारमा बिक्री हुनयोग्य जनशक्ति उत्पादन हुनुपर्छ ।

अध्ययन सकेपछि रोजगारी पाउन वा स्वरोजगार बन्न सजिलो हुने विषय प्राविधिक शिक्षा र सीपमूलक शिक्षा नै हो । डाक्टर, इन्जिनियर, कृषि, फरेस्ट्री आदि विषय प्राविधिकअन्तर्गत पर्छन् । सीपमूलक पढाइअन्तर्गत म्यानेजमेन्टका विषय पर्छन् । होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम, बिबिए आदि पर्छन् । विभिन्न संघसंस्थामा आबद्ध हुने भए सोसोलोजी पनि पढ्नका लागि उपयुक्त विद्या हो ।

साहित्यमा राम्रो गर्न चाहने विद्यार्थीका लागि अंग्रेजी र नेपाली साहित्य पढ्नु राम्रो हुन्छ । भविष्यमा राम्रो पत्रकार बन्छु भन्ने हो भने मास कम्युनिकेसन पढ्नुपर्छ  । यसरी विषय छनोट गर्दा अरूले होइन, आफूले आफैँलाई प्रश्न गर्नुपर्छ । यी विषयबाट आफूले खोजेका चिज प्राप्त गर्न सक्छु भन्ने निश्चित भए मात्र ती विषय अध्ययन गर्नुपर्छ ।

बाहिर नआएको तर सबैभन्दा बढी रोजगार पाएको क्षेत्र भनेको ‘फाइन आर्ट’ हो । मानिस दिनभर चित्र बनाएर बस्छ । केही नभए ब्यानर बनाएर पनि बसेको हुन्छ । रोजगारीको विषय र राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ, फाइन आर्ट । त्यसो हुँदा विश्वव्यापी बजार केमा छ, त्यसलाई पनि बुझ्न आवश्यक छ  ।

कस्ता कलेज छान्ने ?

पहिलो कुरा त कलेजको योजनाबारे यथेष्ट जानकारी राख्नुपर्छ । के उद्देश्यले कलेज खुलेको हो । कस्ता–कस्ता व्यक्ति मिलेर कलेज खुलेको हो ? सो कलेजले पढाउनेभन्दा अरू कुरा के दिन्छ ? ब्याचलर, मास्टर पढाएर मात्रै अब पुग्दैन । चार चिज आवश्यक पर्छ । उसमा ज्ञान, सीप, बानी–व्यहोरा, विद्यार्थीको हाउभाउ हेर्नुपर्छ । फिल्ड भिजिट, तालिम, सेमिनार, खेलकुदलाई कत्तिको ध्यान दिइएको छ ? विद्यार्थीको प्रिजेन्टेसनलाई कत्तिको ध्यान दिइन्छ भन्ने हेर्नुपर्छ । समग्रमा विद्यार्थीलाई ज्ञान दिन सक्ने र लिन सक्ने वातावरण हुनुपर्छ भन्ने हो ।

कलेजको वर्गीकरण पनि महत्वपूर्ण पाटो हो । आइएसओ सटिफाइ हो–होइन ? विश्वको वर्गीकरण, विश्वविद्यालयको वर्गीकरण, कलेजस्तरका कति कोर्स सञ्चालन गरेको छ ? त्यहाँबाट निस्किएका विद्यार्थीको अवस्था के छ ? त्यहाँ पढेर निस्किएकामध्ये कति जनशक्तिले रोजगारी पाए ? अगाडि पढेका विद्यार्थी र परिवार सन्तुष्ट छन् वा छैनन् ? यो कुरा बुझ्नुपर्छ ।

रमेशकुमार सिलवाल हिसानका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु