सडकमा ढल फुटेसँगै पुतलीसडक क्षेत्र जलमग्न [फाेटाेफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

सडकमा ढल फुटेसँगै पुतलीसडक क्षेत्र जलमग्न [फाेटाेफिचर]

सामान्य वर्षासँगै काठमाडौंका विभिन्न स्थानमा ढल फुट्ने समस्या पुरानै हो । यस्ता समस्याले यात्रु तथा सवारीहरु समस्यामा पर्नेगर्छन् । आज अपराह्न परेको मुसलधारे वर्षासँगै पुतलीसडक क्षेत्रमा ढल फुटेर सडक जलमग्न भएको थियो ।

सडक जलमग्न भएपछि आवतजावतमा केहीबेर समस्या भएको थियो । सडकभरी पानी हुँदा वारपार गर्ने यात्रुलाई समस्या परेको थियो । सडकमा ढल फुटेका कारण केही माटरसाइकलहरु लड्दा व्यवस्थापन गर्न ट्राफिकलाई निकै समस्या भएको थियो ।

तस्बिर : सराेज बस्नेत

तपाईको प्रतिक्रिया