न्यूयोर्क सिनेटबाट दुर्इ नेपाली पत्रकार सम्मानित - Naya Patrika
eNaya Patrika
  • ePaper

न्यूयोर्क सिनेटबाट दुर्इ नेपाली पत्रकार सम्मानित

अमेरिकाको न्यूजर्सी र न्यूयोर्क निवासी पत्रकार प्रदीप परियार थापा र किशोर पन्थी न्यूयोर्क सिनेटबाट सम्मानित भएका छन् ।

न्यू योर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधीसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थितिमा प्रदान गरिएको हो । इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधीसभाकी सदस्य हुन् ।

पत्रकार थापा र पन्थीलाई अमेरिकामा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पत्रकार थापा हाल युएसनेपाल अनलाइनका प्रधानसम्पादक रहेका छन् भने पन्थी खसोखास म्यागाजिनका प्रधानसम्पादक हुन् । उनीहरुलाई यस अगाडि न्यूयोर्क सिटी र जर्सीसिटीको सिटी काउन्सिलबाट समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु