विद्यालय पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या - Naya Patrika
eNaya Patrika
  • ePaper

विद्यालय पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या

ओखलढुंगामा भूकम्पबाट भत्किएका विद्यालय समयमा पुनर्निर्माण हुन नसक्दा पठन पाठनमा समस्या परेको छ । भूकम्पपछि निर्माण गरिएका टिएलसी पनि भत्किएपछि हाल जिल्लाका विद्यालयहरुमा पठन पाठन प्रभावित भएको छ ।

भूकम्पले क्षति भएका अधिकांश विद्यालय भवन निर्माणको काम सुरु नै भएको छैनभने केही विद्यालयमा सुरु गरिएको कामपनि विद्यालय व्यवस्थापन समिति तथा निर्माण उपभोक्ता समिति र ठेकेदार कम्पनीको ढिला सुस्तीका कारण अघि बढ्न सकेको छैन ।

सरकारले समयमा विद्यालय पुनर्निर्माणको काम नगर्दा हाल पठनपाठन गराउन समस्या भएको सिद्धिचरण नगरपालिका १ तीनपिप्ले आधारभूत विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष राधा निरौलाले बताइन् ।

बहुकक्षा सञ्चालन
मोलुङ गाउँपालिका ७ पात्लेले संरचना अभाव झेलिरहेका विद्यालयहरुले बहुकक्षा शिक्षण सञ्चालन गरिरहेका छन् । दुई देखि तीन वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँन समस्या भएको शिक्षकहरु नै बताउँछन् ।

हामीले जबरजस्ति विद्यार्थीलाई १० देखी ४ बजे सम्म कक्षामा थुन्ने बाहेक अरु सिकाउन सकिएको छैन् । र विद्यार्थीलाई सिक्ने वातावरण छैन् । हामीलाई पनि हल्ला नगर भनेर कराउँदैमा हैरान भइन्छ स्थानीय विद्यालयका शिक्षक भन्छन् ।

पालमुनी पढाई
जिल्लाका अधिकांश विद्यालयले पालमुनी कक्षा सञ्चालन गरिरहेका छन् । अस्थायी शिक्षण सिकाइ केन्द्र निर्माणका लागि पहलगर्न नसकेका र पहुँच नपुगेका विद्यालयहरु गोठ कटेरा भित्रै सञ्चालन भईरहेका छन् ।

‘घाम धेरै गर्मी हुने र पानी पर्दा आवाजले पढ्न पढाउनमा समस्या परेको श्रीचौर कालीका माध्यमिक विद्यालयका प्रधानअध्यापक खिलक कार्कीले बताए ।

शौच गर्न समस्या, किशोरी ४ दिन विद्यालय जाँदैनन्
भूकम्पले विद्यालयका भवन सँगै शौचालयपनि भत्काएको थियो । कक्षाकोठाका लागि सामान्य अस्थायी शिक्षण सिकाई केन्द्र निर्माण गरेपनि शौचालय निर्माणमा कसैको ध्यान जान सकेको छैन्।

भत्किएको शौचालय हालसम्म र्निर्माण हुन नसक्दा शौच गर्न समेत समस्या हुने गरेको जनकल्याण आधारभूत विद्यालयको शिक्षिका मनिषात ामाङ बताउँछिन् । ‘चर्पी छैन दिसापिसाबलागे जंगल जानुपर्ने हुन्छ । ‘पुरुषको तुलनामा महिला शिक्षक र छात्राहरुलाई धेरै समस्या हुने गरेको उनले बताइन् । विद्यालयमा उमेरका छात्राहरु महिनावारीको समयमा चार दिन सम्म विद्यालय उपस्थित नहुने गरेको उनले बताइन् ।

जिल्लाका उत्तरी तथा पश्चिमी भेगका अधिकांश विद्यालयहरुको अवस्था उस्तै रहेको छ ।

आधापनि बनेनन् विद्यालय
सिडानामक संस्थाले तयार गरेको तथ्यांकले जिल्लाका तीन सय ३१ विद्यालयमा भूकम्पले पूर्ण रूपले क्षतिपुगेको देखिन्छ । जिल्ला शिक्षा तथा समन्वय इकाइले तयार पारेको प्रतिवेदनमा भने केही विद्यालय सुरक्षित रहेको उल्लेख थियो । इकाई प्रमुख खगेन्द्र श्रेष्ठका अनुसार उक्त तथ्यांकअनुसार भूकम्पबाट ओखलढुंगामा रहेका दुई ६० विद्यालयमा क्षतिभएको जनाइएको थियो । कतिपय विद्यालयका केही कक्षा कोठामात्रै निर्माण गर्नुपर्ने निकर्ष निकालीएको थियो ।

तथ्याङ्क फरक भएपछि विद्यालय पुननिर्माणमा अन्यौलता सिर्जना भएपनि सिडाकै तथ्याङ्कअनुसार पुनर्निर्माण भइरहेको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ शिक्षा ओखलढुंगाका प्रमुख रेविका अमात्यले बताइन् । उनकाअनुसार क्षति भएका विद्यालयमध्ये अहिले सम्म ७० वटा विद्यालयको दुई सय ४३ कक्षा कोठा बनेका छन् ।

तपाईको प्रतिक्रिया