झापामा ट्रयाक्टरबाट खसेर एककाे मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

झापामा ट्रयाक्टरबाट खसेर एककाे मृत्यु

गुडिरहेको ट्रयाक्टरबाट खसेर गौरादह नगरपालिका–१ स्थित भित्री सडकखण्डमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ का २८ वर्षीय कमल तामाङ छन् ।

मे १ त ६५५३ नम्बरको ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका तामाङको दमकस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टरबाट खसेपछि उनलाई ट्रयाक्टरको डालाले किचेको थियो । ट्रयाक्टर र त्यसका चालक दमक नगरपालिका–१ का २४ वर्षीय दर्शन तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया