करको विषयमा सरकारले समीक्षा गर्छ : प्रचण्ड - Naya Patrika
eNaya Patrika
  • ePaper

करको विषयमा सरकारले समीक्षा गर्छ : प्रचण्ड

पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय, प्रादेशिक र स्थानीय तहमा निर्धारण गरिएको कर सम्बन्धमा सरकारले समीक्षा गर्ने बताएका छन् ।

शनिबार चितवनको भरतपुर बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारले आफ्ना कामको समीक्षा गर्ने बताएका हुन् । उनले जन अपेक्षा अनुरुप सरकारका कामकारवाही अघि बढ्न नसकेको स्वीकार गरे । तीनै तहका सरकारले लगाएको करको मारमा जनतालाई पार्न नहुने भन्दै उनले सरकारका कामको गम्भीर समिक्षा गर्दै समस्या सम्बोधनको उपाय खोजिने बताए ।

नया राजनजीतिक प्रयोग र आवश्यक ऐन नबनिसकेकाले केही समस्या देखिएको भए पनि संघियतालाई बाईसे चौबिसे राज्य संरचनासँग तुलता गर्न नमिल्ने उनको तर्क थियो । अहिलेको सरकार र पार्टी सबै प्रति उदारताको साथ सहमतिमा अघि बढ्ने प्रयास रहको उल्लेख गर्दै अध्यक्ष दाहालले विप्लव समुहलाई वार्ता र सहमतिमा आउन आव्हान समेत गरे ।

बदलिँदो परिस्थीतिमा मान्छेलाई आतंकित पारेर केहि नहुने र त्यसो गर्नु अज्ञानता हुने उनले टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया