उमेर नपुग्दैँ आमा बनेपछि बच्चा कुपोषित - Naya Patrika
eNaya Patrika
  • ePaper

उमेर नपुग्दैँ आमा बनेपछि बच्चा कुपोषित

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार १० जिल्लाका महिला तथा बालबालिका कार्यालयहरूको एकीकृत तथ्याङ्कले बालविवाहको दर ५२ दशमलब ७ प्रतिशत रहेको जनाएको छ ।
मन्त्रालयको महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार, जुम्लामा अहिले २० प्रतिशत बालविवाह रहेको छ । अशिक्षा तथा गरिबीका कारण जिल्लामा बालविवाह बढेको उनले बताइन् ।

बालबालिकामा कुपोषण
पातरासी गाउँपालिका ४, लुम गाउँकी १९ वर्षीया लग्नमाया भनिन्, ‘वर्षभरिको खेतीले तीन महिना मात्र खान पुग्छ । गर्भवती र सुत्केरी अवस्थामा राम्रोसँग खान नपाएको र उमेर नपुग्दै बच्चा जन्मिएको कारण बच्चा कुपोषित भएको उनको अनुभव छ ।

बाल विवाहकै कारण उनको विवाह दर्ता हुन पाएन । विवाह दर्ता नहुँदा उनले छोराको जन्म दर्ता गराउन पाइनन् । जन्म दर्ता नभकाले उनले कर्णालीका बालबालिकाको लागि सरकारले हरेक महिना दिँदै आएको दुई सय रुपैँया बाल पोषण अनुदान समेत पाइनन् ।

उमेर नपुग्दै आमा बनेकाबाट बच्चा जन्मनु, बाल्यावस्था देखि गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग पोषिलो खाना खान नपाउनु, अशिक्षा, गरिबी, महिलाहरूमा कार्यबोझ र सरसफाइको कमी जस्ता समस्याका कारण कुपोषण बढिरहेको स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले बताए ।

६ महिनासम्मका बच्चालाई आमाको दूधले पुग्छ तर समय नपुग्दै खाना खुवाउने र एउटा आमाले धेरै सन्तान जन्माउनु यहाँको अर्को समस्या रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया