किन यात्रा बिमा ? - Naya Patrika
eNaya Patrika
  • ePaper

किन यात्रा बिमा ?

मुलुकभन्दा बाहिर यात्रा गर्दा आउन सक्ने सम्भावित जोखिमको अनुमान गरी गरिने बिमालाई यात्रा बिमा भनिन्छ । यात्रा गर्दा बिरामी पर्ने, घाइते हुने, मृत्यु हुने, सामान हराउने तथा पासपोर्ट हराउनेलगायतका समस्या पर्न सक्छ ।

ञ्जान ठाउँमा हुने यस्ता समस्याले मानिसलाई आर्थिक मात्र होइन, मानसिक तनाव पनि दिलाउँछ । त्यसैले यस्ता खालका जोखिमको अनुमान गरी यात्रालाई सुरक्षित गराउन यात्रा बिमा गरिन्छ ।

कतिपय देशले आफ्ना मुलुकमा आउने हरेक यात्रुका लागि यात्रा बिमा अनिवार्य गरेका छन् । विशेष गरी युरोपियन मुलुकमा बिरामी पर्दा उपचार खर्च महँगो हुन्छ । त्यसैले यात्रा बिमालाई अनिवार्य गरिएको छ ।

o यात्रा सुरु गरेदेखि सोही ठाउँमा नफर्केसम्म आइपर्ने आर्थिक जोखिमबाट सुरक्षित हुन सकिन्छ ।

o यात्रा अवधिमा बिरामी पर्दा १ लाख डलरसम्मको मेडिकल खर्च उपलब्ध हुन्छ । बिमाले नगदरहित सेवा उपलब्ध गराउँछ । अर्थात्, बिरामी भएर विदेशमा उपचार गर्दा अस्पतालमा नगद भुक्तानी गर्नुपर्दैन ।

o विदेशमा यात्रा गर्दा दुर्घटना भई मृत्युमा भएमा २५ हजार डलरसम्म भुक्तानी गर्छ ।

o यात्रु बिमामा थप शुल्क भुक्तानी गरी झिटीगुन्टाको पनि बिमा गर्न सकिन्छ । यो सुविधा लिएको अवस्थामा यात्रा गर्दा लगेजहरू हराएमा बिमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ ।

o यात्रा गर्नेक्रममा पासपोर्ट हराएमा पनि बिमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ ।

o यात्रा गर्ने क्रममा बिरामी भएमा अलपत्र परिँदैन अथवा उपचार नपाएर अकालमा विदेशी भूमिमा ज्यान गुमाउनुपर्दैन ।

तपाईको प्रतिक्रिया