पोखरा घुम्दा ख्याल गरौँ - Naya Patrika
eNaya Patrika
  • ePaper

पोखरा घुम्दा ख्याल गरौँ

पोखरा सफा र सुन्दर सहर हो । यहाँका सडक चिल्ला र सफा पनि छन् । त्यसैले सडकमा फोहोर फाल्नुहुँदैन । पोखरा घुम्न आउने पर्यटक फेवाताल, वेगनासताल, रूपाताललगायत घुम्न र बोटिङ गर्न मन पराउँछन् । तालको छेउमा बस्दा होसियारी अपनाउनुपर्छ र फोहोर फाल्नुहुँदैन ।

पोखरा जनजाति समुदायको बाक्लो बस्ती भएको गन्तव्य हो । यहाँको गुरुङ समुदायको संस्कार संस्कृतिले पर्यटकलाई थप रोमाञ्चकता दिन्छ । ती संस्कार, संस्कृतिको सम्मान गर्नुपर्छ ।

पोेखरामा राति ११ बजेदेखि रेस्टुरेन्ट बन्द हुन्छन् । पोखराबाट माथि शान्ति स्तुपा जाँदा जंगल छ । जंगलको बाटोमा भरसक एक्लै जानुहुँदैन । सुरक्षाको समस्या नभए पनि समूहमा हिँड्दा राम्रो हुन्छ । साथै, जंगलको बाटो र पैदल जानुपर्ने भएकाले लौरो साथमा राख्दा राम्रो हुन्छ ।

पोखराको आसपासका एक÷दुई दिनका टेकिङ पनि गर्न पाइन्छ । ती गन्तव्यमा जाँदा पनि भरसक एक्लै जानुहुँदैन । गाइड लिएर वा नक्सा लिएर प्रशस्त सूचनासहित पदयात्रामा निस्कँदा राम्रो हुन्छ ।
पोखरामा मौसम फेरबदल भइरहन्छ, त्यसमा ध्यान दिनुपर्छ ।

तालमा बोटिङ गर्दा लाइफ ज्याकेट लगाउनुपर्छ । खेलाँची गरेर वा बढी आत्मविश्वासी भएर ज्याकेट नलगाउने गर्नुहुँदैन । मौसमले कहिलेकाहीँ समस्या पार्न सक्छ । प्याराग्याइडिङ गर्दा भरपर्दो कम्पनी तथा पाइलट छान्नुपर्छ ।

टीकाराम सापकोटा
पर्यटन व्यवसायी, पोखरा

तपाईको प्रतिक्रिया