प्युठानका जनप्रतिनिधी खाडी मुलुकमा - Naya Patrika
eNaya Patrika
  • ePaper

प्युठानका जनप्रतिनिधी खाडी मुलुकमा

जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवाङका वडा सदस्य नारायण पुन मगर काम खोज्दै खाडी मुलुक कुवेत पुगेका छन् । आफूले चुनाव जितेर गाउँमै रोजगारी सिर्जना गरी युवामा वेरोजगारीको समस्या हटाउने भन्दै स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चा पार्टीकाे उम्मेदवारीबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचित भएको एक वर्ष नपुग्दै सदस्यले देश छाडेको खवर गाउँमा कसैलाई थाहा नभएको वडाका अध्यक्ष मेघराज जिसीले बताए । विदेश पुगेपछि पुनमगरले चुनावमा उठेर गल्ती गरेको कुरा फोनमार्फत बताएको जिसीले बताए । सम्वादको क्रममा उनले गाउँमा समाजसेवा मात्र ठुलो नभएर परिवारलाई पाल्नको लागि विदेशिएको बताएका छन्र ।

घरको आर्थिक स्थिती कमजोर भएपछि उनी दुई महिना अघिनै कुवेत गएका थिए । गाउँमै रोजगारको सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधी आफैं विदेशिएपछि स्थानीय युवाहरु निराश भएका छन् ।

स्थानीय तह चुनावमा मगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मतसहित वडा सदस्यमा निर्वाचित भएका थिए । सदस्य पदबाट राजिनामा नदिर्इ विदेश पुगेका पुनको ८ महिनाको तलब रु ५६ हजार परिवारले बुझेका छन् ।

तपाईको प्रतिक्रिया