‘रणवीर उत्कृष्ट नायक’ - Naya Patrika
eNaya Patrika
  • ePaper

‘रणवीर उत्कृष्ट नायक’

रणवीर सिंह बलिउडमा पछिल्लो समय चलेका हिरो हुन् । आठ वर्षअघि ‘ब्यान्ड बाजा बारात’मा उत्कृष्ट अभिनय गरेका रणवीरले डेब्यु अभिनेताको अवार्ड जितेका थिए ।

त्यसयता उनले एकपछि अर्को हिट फिल्म दिइरहेका छन् । बलिउडमा सर्वाधिक धेरै फिल्म खेल्ने नायकमध्येका एक अक्षय कुमार उनीसँग निकै प्रभावित छन् ।

उनले रणवीरलाई अहिलेको पुस्ताका सर्वाधिक उत्कृष्ट अभिनेता ठानेका छन् । ट्विटरमा अक्षय कुमारलाई एक फ्यानले प्रश्न राखेका थिए, ‘आजको पुस्तामा त्यस्तो कुन कलाकार देख्नुहुन्छ । जसले तपाईंजस्तै अभिनय गर्न सक्छ ।’

‘रणवीर सिंह’ जवाफमा अक्षयले भनेका छन् । ‘लुटेरा’, ‘गुन्डे’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’ लगायतका रणवीरका फिल्म हिट भएका छन् ।

उनी आफ्नी प्रेमिका दीपिका पादुकोणसँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छन् । यो जोडीलाई अनस्क्रिनमा पनि धेरैले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया