इन्स्टाग्राममा छाउँदै याङ मी - Naya Patrika
eNaya Patrika
  • ePaper

इन्स्टाग्राममा छाउँदै याङ मी

चिनियाँ अभिनेत्री तथा गायिका याङ मी अहिले इन्स्टाग्राममा निकै छाएकी छिन् । ५ लाख ५५ हजारले उनलाई इन्स्टाग्राममा पछ्याइरहेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल विइबोमा उनलाई पछ्याउनेको संख्या भने ठूलै छ । ८ करोड ३० लाखभन्दा धेरैले उनलाई पछ्याइरहेका छन् ।

चीनमा पहिल्यै चर्चित यी अभिनेत्री तथा गायिका पश्चिमा देशमा एडिडास, इस्टी लाउडर, मुलबेरीलगायतका ब्रान्डको विज्ञापनमा छाएपछि चर्चामा आएकी हुन् ।

यी गायिका आफैँ गीत लेख्छिन् । उनी आफ्नो प्रेमप्रसंग र निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । वाइबीमा उनलाई फलो गर्नेहरू सबैले मन पराउँछन् भन्ने होइन ।

केही समयअघि उनलाई आफ्नी ३ वर्षीया छोरीको बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले आलोचना गरेका थिए ।

टोकियोमा गत अप्रिलमा उनलाई पापेराज्जीले एक पुरुषसँग रमाइलो गर्दै गरेको अवस्थामा भेटेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु