पत्रकार थापालाई ‘गोगो फाउन्डेसन अवार्ड’ - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार थापालाई ‘गोगो फाउन्डेसन अवार्ड’

भ्रष्टाचारविरुद्ध कलम चलाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा ‘गोगो फाउन्डेसन अवार्ड’ बाट सम्मानित भएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले थापालाई सम्मान गरेका हुन् । उक्त अवार्डबाट सम्मानित हुने थापा तेस्रो व्यक्ति हुन् । यो अवार्ड पहिलोपटक डा. भगवान कोइराला र दोस्रोपटक कुलमान घिसिङले पाएका थिए ।

पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनोट समितिले थापालाई अवार्ड दिने निर्णय गरेको कार्यक्रममा गोगो फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए । समितिमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउन्डेसन अध्यक्ष अनिता बिन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य थिए ।

तपाईको प्रतिक्रिया