दुई जना विप्लव कार्यकता पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

दुई जना विप्लव कार्यकता पक्राउ

पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोण सभा गर्दै गर्दा प्रहरीले विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई कार्यकर्तालार्इ घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै का‌ंग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीसमेत प्रहरीले नियन्त्रणमा रहेका छन् । विरोध कार्यक्रम हेर्न पुगेको कांग्रेस क्षेत्रीय सभापति घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यक्रम नगर्न गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गर्नुभयो ।

तपाईको प्रतिक्रिया