गुल्मीले सेवा प्रवाह चुस्त बनाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

गुल्मीले सेवा प्रवाह चुस्त बनाउने

सुशासन र सेवा प्रवाहमा चुस्त बनाउने अपेक्षासहित जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक योजना शुक्रबार सार्वजनिक गरेको छ ।

प्रशासनले जिल्लामा सेवाग्राही सहायकता कक्षा संचालन गर्ने, कर्मचारीहरुको अनुगमन गर्ने, कार्यालयको अभिलेख व्यवस्थित गर्ने जस्ता योजना ल्याइएका छन् ।

मुस्कानसहितको सेवा र भ्रष्टचारमा शून्य सहनशिलता कायम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारीे यदुनाथ पौडेले बताए । ‘बिचौलियाले विभिन्न बहानामा थुप्रै नागरिक ठग्ने गरेको गुनासो आएको छ,’ उनले भने, ‘अब सबै काम सहायता कक्षबाट हुन्छ ।’

घरेलु मदिरा नियन्त्रण, बालविवाह, बहुविवाह, लागू औषध दुव्र्यसन, सवारी दुर्घटना, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका समस्यालाई न्यूनिकरण गर्न प्रमुख चुनौती रहेको पौडेलले बताए ।

तपाईको प्रतिक्रिया