प्रसिद्ध रेडियोकर्मी यज्ञनिधि दाहालकाे निधन - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रसिद्ध रेडियोकर्मी यज्ञनिधि दाहालकाे निधन

लामाे समयदेखि विरामी भएका यज्ञनिधि दाहालकाे निधन भएकाे छ । प्रसिद्ध रेडियोकर्मी दहाल लामाे समयदेखि किड्नीकाे राेगबाट ग्रसित रहँदै अाएका थिए । वि.सं. २०१० मा खोटाङमा जन्मिएका दहालले रेडियाे नेपालमा चलाएको साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ नेपाली श्रोतामाझ लाेकप्रिय रहेकाे थियाे ।

बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौला रोग उपचार केन्द्रमा पुगेका दाहाललाई समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो। साेही अस्पतालकाे आइसियुमा दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सुमेरु अस्पताल रिफर गरिएको थियो। शुक्रबार साँझ दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उनका ज्वाइँ दिलिप भट्टराईले जानकारी दिएका छन् ।

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया