जनकपुरमा खुट्टा गुमाएकालाई कृत्रिम खुट्टा वित्तरण - Naya Patrika
eNaya Patrika
  • ePaper

जनकपुरमा खुट्टा गुमाएकालाई कृत्रिम खुट्टा वित्तरण

मारवाडी समाजले पच्चिस जना खुट्टा गुमाएका अपाङ्गलाई कृत्रिम खुट्टा वित्तरण गरेको छ । दुर्घटना तथा रोगबाट ग्रसित भई खुट्टा गुमाएकालाई शुक्रबार जनकपुरमा एक कार्यक्रम गरी खुट्टा वित्तरण गरिएको हो ।

मारवाडी सेवा समिति काठमाडौंको संयोजनमा मारवाडी युवा मञ्च जनकपुरधामले अयोजना गरेको कार्यक्रममा प्रदेश, २ का प्रमुख रत्नेश्वरलाल कायस्थले कृत्रिम खुट्टा वित्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कायस्थले मारवाडीले व्यापारबाट मात्र नभई देश र जनताको सेवामा सक्रिय भई समाजमा उल्लेखनीय काम गरेको बताए । उनले भने, ‘अपाङ्गलाई कृत्रिम खुट्टा प्रदान गरेर जीवनदान दिएको छ ।’

कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, मारवाडी सेवा परिषदका पूर्व अध्यक्ष श्रवण अग्रवाल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया