रामप्रसादलाई विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग - Naya Patrika
eNaya Patrika
  • ePaper

रामप्रसादलाई विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग

रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग गरेको छ ।

स्मृति प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईले संयुक्त रुपमा बुझाएका प्रस्तावमा राईलाई विभूती घोषणा गर्न सम्बन्धित निकायमा छलफल गर्न प्रधानमन्त्री समक्ष माग गरिएको होे ।

प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरताका साथ लिएको र छलफल अघि बढाएर निर्णय गर्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरुले बडो महत्वको विषय उठाउनु भएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ ।’

तपाईको प्रतिक्रिया