पढार्इमा टेवा पुर्‍याउन विद्यार्थीलाई सोलार वितरण - Naya Patrika
eNaya Patrika
  • ePaper

पढार्इमा टेवा पुर्‍याउन विद्यार्थीलाई सोलार वितरण

आजभोलि बबिता परिवारले बाआमालाई काममा सहयोग गर्न कुनै चिन्ता हुँदैन । उनी दिनभरि बाआमासँगै काम गरेर उनी घरमा फर्केछिन् । केही दिन अघिसम्म दिउँसो काम गर्दा पढ्न नपाउने चिन्ता सताउन गर्दथ्यो उनलाई । ‘अहिले दिउँसो काममा बाआमालाई सहयोग गर्छु, बेलुका पढ्छु,’ हुस्कर मावि काँटैको कक्षा दशकी छात्रा बबिताले बताइन् ।

कहिले मटितेलको बत्ति त कहिले पिल्पिल बल्ने सोलारको सानो बत्तिको अँध्यारोमा पढ्ने उमेश लोहार अहिले साह्रै खुसी भएका छन् । ठुलो सोलार बत्तिले घर नै उज्यालो बनाएर पढ्न पाउँदा सहज हुने महाकाली नगरपालिका, २ लोहारले बताए । उनी भन्छन्, ‘स्कुलले सोलार दिएपछि अहिले सजिलो भएको छ ।’

बबिता र उमेश केही प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै जिल्लामा पाँच सय ७६ विद्यार्थी सोलार बत्तिको मज्जा लिदै पढ्ने गरेका छन् । वैकल्पिक उर्जा प्रर्वद्धन कार्यालय ललितपुर खुमलटारको सहयोगमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले सोलार उपलब्ध गराएपछि बिजुली बत्ति विद्यार्थीहरु लाभान्वित भएका हुन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत दलित विद्याथीलाई सोलार बत्ति वितरण गरेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयदेव महराले बताए । उनीहरुको पढाईमा सहयोग र शैक्षिक गुणस्तरमा टेवा दिने उद्देश्यले सोलार वितरण गरेका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख महराले जानकारी दिए ।

सोलार वितरणबाट जिल्लामा कक्षा ९ र १० मा अध्ययनरत दलित विद्यार्थीलाई सोलार वितरण गरिएको महराले बताए । जिल्लामा ५७ विद्यालय विद्याथीलाई सोलार वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया