गत वर्ष बाढी र डुबानले धानबाली नष्ट भएका किसानले क्षतिपूर्ति पाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

गत वर्ष बाढी र डुबानले धानबाली नष्ट भएका किसानले क्षतिपूर्ति पाउने

नवलपरासी पश्चिमको सुस्ता र पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका किसानले क्षतिपूर्ति रकम पाउने भएका छन् । गत वर्ष साउनको अन्तिम हप्ता आएको बाढी र डुबानले धानबाली नष्ट भएका किसानहरुलाई क्षतिपूर्ति रकम वितराण गरिने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

बालीनाली क्षति भएका किसानहरुको विवरण कृषि मन्त्रालयमा पठाइएको र सरकारले उक्त क्षतिपुर्ति रकम बापत २ करोड ४६ लाख रुपैयाँ गाउँपालिकाको खातामा पठाएको अध्यक्ष पाण्डेले बताए । अहिले किसानलाई मुक्तिनाथ र एनएमबी बैंकमा खाता खोल्न भनिएको छ ।

किसानहरुले खाता खोलेर खाता नम्बर गाउँपालिकामा टिपाउने प्रकृया जारी राखेका छन् । एक हप्ताभित्र बैंकिङ प्रकृया सक्ने र सबै किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइने पाण्डेले बताए ।

गत वर्ष विवरण पठाउन छुटेका किसानलेसमेत अहिले सूचना जारी गरी खाता खोल्न भनिएकोले कति किसानले क्षतिपूर्ति पाउँछन् भन्ने यकिन नभए उनले बताए । करिब ७ सय किसानले क्षतिपूर्ति रकम पाउन सक्ने पाण्डेले बताए । प्रतिव्यक्ति क्षति हेरेर ३ हजार ३ सयदेखि ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराइने उनले जानकारी दिए ।

बाली नष्ट हुनेमा अधिकाशं सुस्ता गाउँपालिकाका किसान छन् । विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का केही किसानको पनि बाली नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया