रामेछापको इलाका प्रशासन कार्यालय महिनौंदेखि बन्द - Naya Patrika
eNaya Patrika
  • ePaper

रामेछापको इलाका प्रशासन कार्यालय महिनौंदेखि बन्द

जिल्ला सदरमुकाममा सरकारी सेवाका लागि सहज तरिकाले स्थानीय तहमा सुविधा दिने भनी सञ्चालनमा ल्याइएको इलाका प्रशासन कार्यालय केही महिनादेखी बन्द रहेको छ ।

उत्तरी क्षेत्रको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका ८ वटा वडाका नागरिकहरुलाई सहज र सरल तरीकाले सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यालय ६ महिना पछि बन्द भएको छ ।

कार्यालयमा कार्यरत प्रमुखको सरुवा भएपछि गृह मन्त्रालयले कर्मचारी पठाउन सकेको छैन् । कार्यालयमा एक अधिकृत, दुई नायव सुव्वा, १ सहायक कम्प्युटर अपरेटर र २ कार्यालय सहयोगीको दरवन्दी रहेको थियो ।

दुई दिनको बाटो हिडेर सेवा लिन जानुपर्ने स्थानीयले गाउँमा कार्यालय सञ्चालन भएपछि सुविधाको अनुभव गर्न पाएका थिए । कार्यालय सञ्चालनमा रहदाँ लेकाली भेगका नागरिकहरुले नेपाली नागरिकता, राहदानी, नाता प्रमाणित जस्ता सेवाहरु सहज रुपमा पाएका थिए ।

बन्द भएको इलाका प्रशासन कार्यालय पुनः संचालन गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले पटक–पटक गृह मन्त्रालयमा परिपत्र गर्दा समेत कर्मचारी नपठाएपछि सञ्चालनमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

तपाईको प्रतिक्रिया