रत्नबहादुरले ६५ वर्षमा नागरिकता पाए - Naya Patrika
eNaya Patrika
  • ePaper

रत्नबहादुरले ६५ वर्षमा नागरिकता पाए

ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका रत्नबहादुर तामाङले ६५ वर्षमा नागरिकता पाएका छन् । वडा अध्यक्षको पहलमा उनले बिहीबार नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।

१३ साउन २०१० मा जन्मिएका तामाङका बुबाकोे २०१८ सालमा मृत्यु भएको थियो । उनका बुबाको पनि नागरिकता नभएको कारण सहयोग गर्ने आफन्त कोही नहुँदा नागरिकता बनाउन पाएका थिएनन् ।

दुवै कान सुन्न नसक्ने तामाङको नागरिकता नहुँदा राज्यले दिने सेवाबाट बञ्चित रहेका थिए । ‘वडा अध्यक्षको पहलमा नागरिकता बन्यो धेरै खुसी लाग्यो, अब परिचय पत्र बनाएर भोट हाल्न मन छ’ उनले भने । ६५ वर्षीय तामाङलाई वडा अध्यक्षको पहलमा प्रहरी सर्जिमिन मुचुल्का उठाएर प्रशासनले नागरिकता दिए ।

तपाईको प्रतिक्रिया