'नेपाली जुटौँ बालविवाह रोकौँ' सय दिने अभियानको समापन - Naya Patrika
eNaya Patrika
  • ePaper

‘नेपाली जुटौँ बालविवाह रोकौँ’ सय दिने अभियानको समापन

सामुदायिक रेडियो नेटवर्क सिआईएनले सञ्चालन गरेको ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने सय दिने अभियानको आज समापन गरिएको छ । गत २३ वैैशाखबाट सुरु भएको अभियान  राजधानीमा कार्यक्रमका गरी समापन गरियाे ।

बालविवाह बारे बनाइएको कार्यक्रमलाई देशभरका तीन सय १० वटा सामूदायिका रेडियोबाट प्रशारण गरिएको थियो । बालबिबाहबारे राष्ट्रपति, पूर्वप्रधानमन्त्री, सर्वसाधारण गरी ११ हजारकाे आवाजलाई कार्यक्रम मार्फत प्रस्तुत गरिएको सिआईएनका प्रमूख तथा यस अभियानका संयोजक दीपक आचार्यले बताए । अवकाे चार वर्ष बालबिबाह विरूद्धकाे अभियान सञ्चालन गरी सरकारी लक्ष्य पुरा गर्न सघाउने सामूदायिक रेडियाे प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले बताए ।

महिलाहरुको प्रजनन् स्वास्थ्य, उनीहरुको अधिकारलाई ध्यानमा राखेर २० वर्षपछि मात्र विहे गर्नुपर्छ भन्ने उद्धेश्यकासाथ अभियान सञ्चालन गरिएको हो । बढी बालविवाह हुने देशमा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालमा ३३ प्रतिशत भन्दा बढीको बालविवाह हुने गरेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया