कसले नखाने अदुवा ? - Naya Patrika
eNaya Patrika
  • ePaper

कसले नखाने अदुवा ?

अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

तपाईं तौल बढाउन चाहनुहुन्छ भने अदुवा नखानुस् । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।

रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् ।रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

तपाईको प्रतिक्रिया