रोनाल्डो, सलाह र मेसी वर्ष खेलाडीको सर्ट लिस्टमा - Naya Patrika
eNaya Patrika
  • ePaper

रोनाल्डो, सलाह र मेसी वर्ष खेलाडीको सर्ट लिस्टमा

क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र मोहमद सलाह युइएफए वर्ष खेलाडीको सर्ट लिस्टमा समावेश भएका छन् । युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले बिहीबार ३ खेलाडीको मात्र सूची निकाल्दा रोनाल्डो, मेसी र सलाह दाबेदारका रूपमा अगाडि रहे । नयाँ सिजनमा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टसमा अनुबन्धित भएका छन् ।

गत सिजनमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा सलाह, रोनाल्डो र मेसी मात्र उत्कृष्ट स्ट्राइकरका रूपमा रहेको युइएफएले जनाएको छ । रियलले लगातार तीनपटक उपाधि रक्षा गर्दा रोनाल्डोले सर्वाधिक १५ गोल गरेका थिए । लिभरपुलका सलाहले लिभरपुललाई १६ वर्षपछि फाइनल पु-याउने क्रममा १० गोल गरेका थिए । यसैगरी, उनले चारपटक साथीहरूलाई गोलका लागि पास उपलब्ध गराए ।

बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले गत सिजनको च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए । यसैगरी, उत्कृष्ट डिफेन्डरमा रियलका मार्सेलो, सर्जियो रामोस तथा राफेएल भराने शीर्ष ३ भित्र समावेश भएका छन् । यसैगरी, मिडफिल्डरमा रियलका टोनी क्रुज र लुका मोड्रिकले म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनेविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया