जनता बैंकको अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा - Naya Patrika
eNaya Patrika
  • ePaper

जनता बैंकको अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा

जनता बैंक नेपाल लिमिटेडले इन्टरनेसनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘जनता रेमिट’मार्फत देशभरका जनतालाई आन्तरिक रेमिट्यान्स सेवा पु-याउँदै आएकोमा अबदेखि विदेशमा रहेका ग्राहकले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले बेक्स मनी बहराइन एक्सप्रेस एक्सचेन्ज र जनता बैंक नेपाल लिमिटेडबीच सम्झौता भएअनुसार बहराइनमा रहेका नेपालीले जनता रेमिटमार्फत सुलभ रूपमा आफ्नो कमाइ आफन्तलाई वा सीधै जनता बैंकमा रहेको खातामा पठाउन सक्ने बैंकले जनाएको छ ।

खाताबाट कारोबार गर्नका लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरी जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोबार गर्न सक्ने जनता बैंकले जनाएको छ ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरि रहेका जनता बैंकको १ सय २१ शाखाका अतिरिक्त करिब १६ हजारको संख्यामा छरिएका विभिन्न रेमिट एजेन्टबाट भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया