ग्लोबल आइएमई बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता - Naya Patrika
eNaya Patrika
  • ePaper

ग्लोबल आइएमई बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र दीर्घायु गुरु अस्पताल एवं रिसर्च सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्भौतापत्रमा दीर्घायु गुरु अस्पताल एवं रिसर्च सेन्टरका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड वितरण विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका थिए ।

सम्झौतापश्चात् दीर्घायु गुरु अस्पताल एवं रिसर्च सेन्टर, चाबहिलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

ग्लोबल आइएमई बैंकले १ सय ३१ शाखा, १ सय ३४ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया