हलमा पिरिम पर्‍या छन्, कहीँकतै र टिनएज - Naya Patrika
eNaya Patrika
  • ePaper

हलमा पिरिम पर्‍या छन्, कहीँकतै र टिनएज

आज शुक्रबार एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्– पिरिम प-या छन्, कहीँकतै र टिनएज ।

हास्यअभिनेता पुरन थापाको निर्माण र निर्देशनमा बनेको पिरिम प-या छन् हास्यप्रधान सामाजिक फिल्म हो । त्यसैगरी, उमा गिरीले सबिर श्रेष्ठको निर्देशनमा निर्माण गरेको कहीँकतै प्रेमकथानक फिल्म हो भने नृत्यनिर्देशक दिनेश पाख्रिनको निर्माण र निर्देशनमा बनेको टिनएजमा युवापुस्ताको जीवनशैली र प्रेम प्र्रस्तुत गरिएको बताइन्छ ।

अघिल्लो साता दुई फिल्म– कायरा र झमकबहादुर प्रदर्शन भएका थिए । अनुपविक्रम शाही शीर्ष भूमिकामा रहेको झमकबहादुर आए/उत्रिएको पत्तै भएन । तर, आर्यन सिग्देल र साम्राज्ञी शाह अभिनीत कायराले भने केही हलमा दोस्रो साता तय गरेको छ । कायरासँगै दर्शकले थप तीन नेपाली फिल्म हेर्न पाएका छन् ।

पिरिम प-या छन्मा दिलीप रायमाझी, जयकिसन बस्नेत, पुरन थापा, शुभेच्छा थापा, चाँदनी कोइराला, रमेश बुढाथोकी, शोभित बस्नेतलगायतले अभिनय गरेका छन् ।

त्यसैगरी, कहीँकतैमा दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी, शिवानी गिरीलगायत कलाकारले अभिनय गरेका छन् । टिनएजमा भने नरेशवीर सिंह, प्रतीक्षा खड्कालगायत नयाँ कलाकारको बाहुल्य छ ।

तपाईको प्रतिक्रिया