प्रेस काउन्सिलको वर्गीकरण : नयाँ पत्रिका दैनिक क प्लस - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रेस काउन्सिलको वर्गीकरण : नयाँ पत्रिका दैनिक क प्लस

प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा पनि नयाँ पत्रिका दैनिक ‘क प्लस’मा परेको छ । गोरखापत्र, कान्तिपुर, नागरिक, दि हिमालयन टाइम्स गरी जम्मा पाँच दैनिक ‘क प्लस’मा परेका छन् ।

त्यस्तै, अन्नपूर्ण पोस्ट, राजधानी, नेपाल समाचारपत्र, हिमालय टाइम्स, रिपब्लिका, द काठमाडौं पोस्ट, द राइजिङ नेपाल, कारोबार, आर्थिक अभियान, आर्थिक, दैनिकपत्र र सौर्यलगायतका दैनिक ‘क’ वर्गमा परेका छन् ।

वर्गीकरणका लागि आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने हुबहु समाचार सारेको र न्यूनतम प्रकाशन अंक नपुग भएका कारण १३७ पत्रपत्रिका वर्गीकरणमा परेका छैनन् ।

तपाईको प्रतिक्रिया