बिराटनगरमा विश्व आदिवासी जनजाति दिवस मनाइयो (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

बिराटनगरमा विश्व आदिवासी जनजाति दिवस मनाइयो (फोटोफिचर)

विराटनगरमा २४ औं विश्व आदिवासी जनजाति दिवस बिहीबार भव्य रुपले मनाइएको छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद र नगर समन्वय परिषदको आयोजनामा झाँकी प्रर्दशन गरिएकाे छ ।

बिराटनगरको सन्सारी माई मन्दिर परिसरबाट बिभिन्न भेषभुषामा सजिएका आदिवासी जनजातिहरुकाे झाँंकीले बिराटनगर बजार परिक्रमा गरेकाे छ ।

झाँकी पछि सम्पन्न सभामा सामाजिक विकास मन्त्री जीवन घिमिरे, बिराटनगर महानगरका प्रमुख भीम पराजुली प्रदेश सभा सदस्यहरु जयराम यादव, प्रताप प्रकाश लिम्बू र बिष्णुमाया तुम्बाहाम्फे लागतले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गराउन सबै लागिपर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया