ओखलढुंगामा लाखे जात्रा सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

ओखलढुंगामा लाखे जात्रा सुरु

ओखलढुंगामा नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ । हिले जात्रा अन्र्तगत हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि सदरमुकामका दुई गुठीले निकालेका हुन् ।

लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, श्रीकृष्ण जन्माष्टमीको जात्रा लगायतका विभिन्न जात्राहरु देखाउने चलन छ । विशेष गरी नेवार समुदायले मनाउने यो जात्रा मृत्यु संस्कार मध्येको एक पर्व हो ।

संस्कृति संरक्षणमा युवा सकृय

ओखलढुंगा सदरमुकामका नेवारी समुदायका युवाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन जुट्न थालेका छन् ।

नेवारी समाजमा विशेष कार्यक्रम र महोत्सव जस्ता विभिन्न कार्यक्रमहरू बाहेक अन्य संस्कृती र परम्परा लोप हुँदै गएको भन्दै संरक्षणको अभियानस्वरूप लाखे जात्रा प्रदर्शनमा जुटेको स्थानीय युवा प्रविण शाक्यले बताए । शाक्य विगत १० वर्षदेखि लाखे बनेर नृत्य प्रदर्शन गर्दै आएका छन् ।

लाखे सबैको मनोरञ्जनको माध्यम

लाखे जात्रा लोकप्रिय भएको कारण नेवार संस्कृति र परम्परा संरक्षणमा राई, लामा, बाह्मण क्षेत्री लगायत अन्य जातिहरूले पनि साथ दिने गरेको जनहित गुठिका बुद्ध श्रेष्ठले बताएका छन् । ‘खास नेवारी समुदायको पर्व भनिएपनि ओखलढुंगामा यो सबैको साझा पर्व जस्तै छ’ उनले भने ‘बहुजाती र बहुभाषी समाजमा एउटा समुदायको पर्वमा अर्को समुदायको पनि सहभागिता हुनु राम्रो पक्ष हो ।

श्रावण चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ ।

तपाईको प्रतिक्रिया