माधवीलाई ‘नाँच्ने बुढा चाहियो’ - Naya Patrika
eNaya Patrika
  • ePaper

माधवीलाई ‘नाँच्ने बुढा चाहियो’

कैलालीकी सर्जक तथा कलाकार माधवी घर्तीमगरले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । हरितालिका तीजलाई मध्यनजगर गर्दै विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको ‘नाँच्ने बुढा चाहियो’बोलको उक्त गीतमा गायिका माधवी घर्तीमगर र गोपालज∙ थापाको स्वर रहेको छ ।

तीजमा महिलाहरुले पारिवारिक पीडा र वेदनाहरु गीतमार्फत व्यक्त गर्ने गरिए पनि यो गीतमा श्रीमान् श्रीमतीबीचको सुमधुर सम्बन्धका बारेमा चर्चा गरिएको छ । ‘सासु बुहारी, जेठानी देउरानी, नन्द भाउजु तथा पोइली घरका पीडा व्यथाहरु अभिव्यक्त हुने तीज गीतमा लोग्ने स्वास्नीबीचको आत्मीयता झल्काइएको छ ।

‘हरेक बर्षका तीजहरु दुःख पीडा अभिव्यक्त गर्ने भन्दा पनि खुशीयाली मनाउने उत्सवका रुपमा नारीले लिनु पर्छ, गायिका माधवीले भनिन् ।

माधवीकै शब्द तथा लय सिर्जनामा तयार भएको उक्त गीतमा गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् । माधवी, धिरज, अलिसा र कृष्णको अभिनय रहेको ‘नाच्ने बुढो चाहियो’ बोलको तीज भिडियोको अमृत सुनुवारले छायाङकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया