मन्त्री महासेठले गरे चाबहिल-जोरपाटी सडकको अनुगमन [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

मन्त्री महासेठले गरे चाबहिल-जोरपाटी सडकको अनुगमन [फोटोफिचर]

बिहीबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसहितको टोलीले चाबहिल–जोरपाटी सडक खण्डको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्रीसहित सरकारी अधिकारीहरुको टोलीले स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा मन्त्री महासेठले आगामी भदौ १२ गतेभित्र सो सडक खण्डको खाल्डाखुल्डी पुरिसक्ने बताएका छन् । सोही अनुगमनमा गएका पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कात्र्तिक अघि कालोपत्रे गर्न नसकिने बताएका छन् । तर कात्र्तिक अघि नै सडकमा सहज यात्रा गर्न सक्ने गरी मर्मत गरिने नेता नेपालले जानकारी दिए ।

बिहीबार मन्त्रीसहितको टोली अनुगमनमा आउने थाहा भएपछि चाबहिल–जोरपाटी सडक खण्डको खाल्डाखुल्डी रातारात पुरिएको स्थानीयले बताए ।

तस्बिर ः सराेज बस्नेत/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया